माओवादी केन्द्र र फोरमबाट निर्वाचित दुई गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश


२ फाल्गुन २०७८, सोमबार
rohini rupandehi bishnu paudel 1 H6M43AGc8i

रुपन्देही । रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेका हुन् ।

तराईको राजनीतिमा प्रभावशाली नेता कार्यकतासहित उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् । केवट र हरिजन माओवादी केन्द्र निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । त्यस्तै यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन् ।

एमाले रुपन्देही धकधईमा विशाल कार्यक्रम गरी उनीहरुलाई पार्टीमा स्वागत गरेको हो । ओमसतियाको सिंगो माओवादी कमिटी १,२०० सदस्यसहित एमालेमा प्रवेशको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७