अभिनेत्री रेखा थापाले गरिन् अदालती विवाह


२ फाल्गुन २०७८, सोमबार
rekha shahi NMoc45hTia

काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् ।
उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन् । अहिले अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

रेखाको निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स भएको थियो । रेखा चलचित्र अभिनय, निर्माणसँगै सामाजिक कार्यमा समेत सक्रिय छिन् । अभिनेत्री थापा हाल राजनीतिमा सक्रिय छिन् । उनी गएको मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उठेर पराजित भएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७