दुई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित माओवादी र जसपाका नेता एमालेमा प्रवेश


२ फाल्गुन २०७८, सोमबार
CPN UML

रुपन्देही : रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू यसअघिको पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्वागत गरेका छन्।

यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

यादव नेपाली कांग्रेसका नेता एवं रूपन्देहीको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रमोद यादवका सहोदर भाइ हुन्।

एमाले रुपन्देही धकधईमा विशाल कार्यक्रम गरी उनीहरुलाई पार्टीमा स्वागत गरेको हो । ओमसतियाको सिंगो माओवादी कमिटी १ हजार २०० सदस्य सहित एमालेमा प्रवेशको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउदै उपाध्यक्ष पौडेलले २०७४ मा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७