सभामुख सापकोटाको भाषा फेरियो, एमसीसी टेबल गर्ने संकेत


२ फाल्गुन २०७८, सोमबार
Agni Prasad Sapkota is a Nepalese patriotic politician. He hails from a low middle class peasant family of Sindhupalchok District Nepal.

काठमाडौं : कुनै बेला अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्को बिरोधी थिए, सभामुख अग्नि सापकोटा । कुनै पनि हालतमा एमसीसी टेबल नगर्ने अडान राख्दै आएका सोमबारदेखि सभामुख सापकोटाको बोली एकाएक फेरिएको छ ।

सोमबार छलफल गर्न आफूले डाकेको ‘सर्वदलीय बैठक’ पछि बोल्दै सापकोटाले आफू अम्पायरको भूमिकामा भन्दै दलहरूबीच सहमति गरेर सरकारले ल्याएका प्रस्ताव आफूले नरोक्ने प्रष्ट पारे ।

सापकोटाले भने, ‘एमसीसीको विषयमा छलफल भएको छ। उहाँहरुले आ–आफ्नो धारणा राख्नुभएको छ। मैले सबैको धारणालाई तटस्थ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सोचेको छु। मैले सबैका कुरा गम्भीरतापूर्वक लिएको छु । किनभने अहिले वर्तमानमा म सभामुखको हैसियतले मैले स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ। मैले विशेष रुपमा जोड दिएको कुराचाहिँ संसद् सुचारु हुनुपर्छ। त्यसपछि मेरो अन्तिममा कुरा के हुन्छ भने म त अम्पायर न हो। निर्णायक भूमिका दलहरुको हुन्छ।’

सभामुख सापकोटाकै कारण लामो समयदेखि संसदमा टेबल गर्नका लागि बाधा उत्पन्न भएको थियो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक एमसीसी संसदबाट पास गर्ने प्रयास गरेका थिए । तर सभामुख सापकोटा मानेनन् । अर्का अध्यक्ष प्रचण्डसँग सहमति गर्न उनले भनीरहे ।

स्रोतका अनुसार त्यसबेला तत्कालीन प्रधानमन्त्री ओलीले एमसीसी अगाडि बढाउन सभामुख सापकोटालाई अनेक प्रयास गरे। तर, प्रचण्डले माने आफू मान्न तयार रहेको भनी सापकोटाले अड्डी कसिरहे । यसको मतलब प्रचण्डले रोकेका थिए ।

२९ साउनमा प्रधानमन्त्री बनेदेखि नै हालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसीलाई अगाडि बढाउने प्रयास गर्दै आएका छन् । सभामुख सापकोटाले यसबीचमा उही अडान राखीरहेँ । एमसीसीमा सहमति नभए वा सहयोग नगरे गठबन्धन नै तोड्ने मुडमा पुगेका छन्, प्रधानमन्त्री देउवा । यही कारण सत्ता गठबन्धनका अन्य नेताहरु भने आत्तिएका छन् ।

यही परिदृश्यामा सभामुख सापकोटाले सोमबार एकाएक भाषा फेरेका छन् । ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन’, सभामुख सापकोटाले भने, ‘आजको बैठक विशेष भएको छ । संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्नुहुनेछ ।’

सोमबारको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‌मा लगेर टुंगो लगाउनुपर्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संशोधन गरेर मात्रै अगाडि बढाउनुपर्ने धारणा राखे । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि एमसीसी संशोधन गरेर नै अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७