प्रदेश स्थापना दिवस : लुम्बिनीमा आज सार्वजनिक बिदा


३ फाल्गुन २०७८, मंगलवार
bhaluwang 1

दाङ । लुम्बिनी प्रदेशमा आज मंगलबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ । उनीहरू दाङ पुगिसकेका छन् । कार्यक्रममा मन्त्रालयहरूको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने बताइएको छ ।

प्रदेशका सबै प्रशासनिक गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । १७ महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७