मोटरसाइकललाई ट्याङ्करले ठक्कर दिंदा पत्नीको मृत्यु, पति र छोरी घाइते


३ फाल्गुन २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

चितवन । चितवनमा भएको एउटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मुग्लिन-नारायणगढ सडकखण्डमा ना ७ ख ८१४१ नम्बरको ट्याङ्करले ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा भरतपुर महानगरपालिका-१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा उनका पति ३५ वर्षीय मीनराज गरुङ र र छोरी ९ वर्षीया खुश्बु घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । काठमाडौंबाट नारायणगढ आउँदै गरेको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते बाबु छोरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७