रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्छ : बेलायत


३ फाल्गुन २०७८, मंगलवार
Liz

काठमाडौं । रुसले आक्रमण गर्न सक्ने आशंकाको कारण पछिल्लो केही समययता निरन्तर युक्रेन संकट बढ्दै गएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले युक्रेनमाथि रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएकी छिन् ।

सरकारको एक आपतकालीन बैठकको अध्यक्षतापछि बोल्दै उनले रुसले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएकी हुन् । उनले युक्रेनमा रहेका सबै बेलायती नागरिकलाई मुलुक छाड्न आग्रह गरेकी छिन् । यद्यपि रुसका एक अन्तर्राष्ट्रिय मामिला अधिकारीले युक्रेनको सीमा क्षेत्रमा सैन्य अभ्यास हुनु कुनै ठूलो कुरा नभएको बताएका छन् । उनले यो नियमित अभ्यासको एक हिस्सा भएकाले आक्रमणको कुनै योजना नभएको पनि स्पष्ट पारेका छन् ।

यसअघि पनि रुसले निरन्तर आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ । साथै उसले पश्चिमा मुलुकले निरन्तर भ्रम फैलाइरहेको रुसको आरोप छ । रुसी अधिकारीले आफूहरुले युद्ध सुरु नगर्ने तर त्यसको अन्त्य भने गर्ने चेतावनी दिएका छन् ।

बेलायती विदेशमन्त्री ट्रसले रुसले युक्रेनमाथि आक्रमण गरे उसले गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएकी छिन् । गत साता बेलायती विदेशमन्त्रीले रुसी समकक्षीसँग पनि वार्ता गरेकी थिइन् । उक्त वार्तामा भएको कुरामा रुस सन्तुष्ट नभएको ट्रसको भनाइ छ । अहिलेसम्म विश्वका १० भन्दा धेरै मुलुकले आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७