फ्रान्समा शक्तिशाली विष्फोटपछि आगलागी, दुई बालबालिकासहित सातको मृत्यु

काठमाडौं । दक्षिण-पश्चिमी फ्रान्समा एक शक्तिशालि विष्फोटनपछि शुरु भएको आगलागीमा परी दुई जना बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान १ बजेर ३० मिनेट जाँदा भएको सो विष्फोटनका कारण सेन्ट लरेन्ट-डी-ला-सालन्क्युको एउटा सडकको दुवैतिर रहेका थुप्रै घरमा आगो लागेको थियो ।
आगलागीबाट क्षतिग्रस्त दुईवटा फ्ल्याटको भग्नावशेषमा अग्निनियन्त्रकहरूले अझै मानिसको खोजी गरिरहेका छन् । विस्फोटनको कारण थाहा हुन सकेको छैन । घटनास्थल पुगेका फ्रान्सका आन्तरिक मामिलामन्त्री जेराल्ड डार्मानिनले जीवित व्यक्तिहरूको खोजीका लागि आपत्कालीन सेवा जारी रहेको बताएका छन् । साथै, उनले यो दुर्घटना मात्रै हो वा अपराधिक कार्य हो भन्ने सप्ष्ट भइनसकेको पनि बताएका छन् ।
स्थानीय बासिन्दाले विशाल आगोको लप्का देखिनुअघि ठूलो विष्फोटनको आवाज सुनेको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार करिब २० जना घाइते भएका छन् । आगोबाट बच्न अत्तालिँदै दुई तलाको झ्यालबाट हामफालेका करिब ३० वर्षीय एक पुरुषलाई चिन्ताजनक अवस्थामा अस्पताल लगिएको छ । बीबीसीबाट