भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते


३ फाल्गुन २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

भक्तपुर । भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
हिजो बेलुका ८ बजे बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने दोलखाका ३४ वर्षका देवेन्द्र कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलका चालक घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७