दाङमा टिपरले ठक्कर दिंदा महिलाको मृत्यु, स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


३ फाल्गुन २०७८, मंगलवार
tipper atanka 1

दाङ । दाङमा टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई पूर्व-पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा रा १ ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो । साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।

घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व-पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् । मृतकको शव घटनास्थानमै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७