आलोचकलाई मन्त्री आलेको अश्लील गालीसहित धम्की : अपहरण गरेर हात-खुट्टा काटिदिन्छु


३ फाल्गुन २०७८, मंगलवार
Prem ale

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै आफ्नो आलोचना गर्ने अपहरण गरेर हात-खुट्टा काटिदिने अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’ सम्म गरेर मार्ने धम्की दिएका हुन् ।

मन्त्री आलेले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल भएको छ । आलेले उनी बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हात-खुट्टा काटिदिने’ धम्की समेत दिएको सुनिन्छ । मन्त्री आलेले भनेका छन्, ‘भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा ।’

 मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दकाे प्रयाेग भएकाले ती शव्द हटाइएकाे छ ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’ 
युवाः इन्डियातिर छु’ 
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?’
युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’
मन्त्रीः कस्तो आश ?
युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन)
मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’ 
युवाः के गरेको छु ? 
मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’
युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा….’
युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…
मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?
युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’
मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।
युवाः मलाई ? तँ के गर्छस् भन न ?
युवाः त मा… कहाँ छस भन त ?
मन्त्रीः तँ … छोरा होस क्या, त चुतियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’
मन्त्रीः त मा…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ? 
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?
मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी । 
युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ? 
मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

यसैबीच मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको उनको सचिवालयले दाबी गरेको छ । आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने, उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै खेद प्रकट गरेका हुन् ।

सुन्नुहोस् अडियो :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७