नेपालका लागि पूर्व बेलायती राजदूत मोरिसको शव चार महिनापछि भेटियो

मृत्युको कारण ‘अत्यधिक तनाव’


३ फाल्गुन २०७८, मंगलवार
morish

काठमाडौं । नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको मृत्यु कामको अत्यधिक तनावका कारण भएको प्रारम्भिक अध्ययनले देखाएको छ । मोरिस सन् २०२० को मेमा आफ्नै घरबाट बेपत्ता भएका थिए । उनको शव ४ महिनापछि फेला भेटिएको थियो । प्रारम्भिक जाँचमा निकै संवेदनशील मानिएको ह्याम डुन मुद्दा र कोरोना महामारीको कारण उनी निकै तनावमा रहेको पाइएको समाचारमा जनाइएको छ ।

मौरिसले बेलायतको विदेश कार्यालयमा दैनिक १५ घण्टाको सिफ्टमा काम गर्दै आएका थिए । जसको कारण उनलाई राति अत्यधिक पसिना आउने समस्या देखिएको थियो । उनलाई आफूबाट कुनै भूल हुन गइरहेको र यसले आफूलाई जेलमा पुर्‍याउन सक्ने भन्दै चिन्तित रहन्थे ।
५२ वर्षीय मोरिस ह्यारी डुन मृत्युको मामिलामा मुछिएका थिए । ह्यारी डुन मोटरसाइकल चालक थिए। उनको नर्थाम्पटनशायरमा सैन्य क्याम्पअघि दुर्घटनामा परी मृत्यु भएको थियो । यो मुद्दामा सामेल भएको आरोप लागेका व्यक्ति बेलायतबाट भागेर अमेरिका पुगेका थिए । त्यतिबेला मोरिस सरकारको कोभिड टोलीमा रहेर काम गरिरहेका थिए ।

सन् २०२० को मे ६ मा मोरिस आफ्नो घरमा मोबाइल फोन राखेर निस्किएका थिए । लामो समयसम्म पनि नफर्किएपछि उनको खोजीको लागि टोली परिचालन गरिएको थियो । अगष्ट ३१ मा उनको शव घरभन्दा साढे २ माइल टाढा फेला परेको थियो । उनको खोजीमा भएको त्रुटिको कारण उनलाई जीवित फेला पार्न नसकिएको पनि खुलेको छ । प्रहरीले खोजी सुरु गरेको दोस्रो दिन नै प्रहरी मोरिसको शव फेला परेको स्थानभन्दा १०० मिटर टाढासम्म पुगेको थियो ।

यद्यपि उनीहरुले तोकिएको स्थानको ७५ प्रतिशत भागमा मात्र खोजी गरेका थिए । पूरै भागमा खोजी गरेको भए उनीहरु शव फेला परेको स्थानसम्म पुग्ने थिए । प्रहरीले मोरिसको मृत्यु शंकास्पद नदेखिएको निष्कर्ष निकालेको छ । मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालको लागि राजदूतको रुपमा रहेका थिए । उनकी पत्नी एलिसन मौरिसका अनुसार नेपालबाट फिर्ता गएपछि मौरिसले राम्रोसँग काम गर्न सकेका थिएनन् ।

एलिसनका अनुसार उनलाई बेलायत फर्किएपछि कामको निकै ठूलो चाप परेको थियो र उनले बिदा पनि लिन छाडेका थिए । यो मुद्दामा अहिले पनि सोधपुछ चलिरहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७