ह्वातै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


३ फाल्गुन २०७८, मंगलवार
gold

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ ह्वात्तै बढेको छ । एकै दिन सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९६ हजार ७ सय रुपैयाँ कायम भएको हो । त्यस्तै तेजावी सुन भने प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएकोमा आज १३३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७