आन्तरिक टर्मिनलमा ‘पिन्टेड’ हवाई टिकट वा डिजिटल कपी अनिवार्य


३ फाल्गुन २०७८, मंगलवार
Airport

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा अब प्रिन्टेड टिकट देखाउनुपर्ने भएको छ । विमानस्थलको सुरक्षा मजबुत गराउने उद्देश्यले मंगलबारबाट लागू हुने गरी यात्रुलाई पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपी वा डिजिटल कपी अनिवार्य गरिएको हो ।

नेपाल नागरीक उड्डयान प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विमानस्थलको आन्तरिक उडानबाट यात्रा गर्न आउने कतिपय यात्रु महानुभावहरुले टिकटको पी.एन.आर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले सुरक्षा संवेदनशिलतालाई मध्येनजर राखी मिति २०७८।११।०७ गते देखि लागू हुने गरी काठमाडौंबाट अन्यन्त्र यात्रा गर्नु पर्दा विमानस्थल प्रवेश गर्नु पूर्व अनिवार्य रुपमा पूणर् विवरणसहितको टिकटको प्रिन्टेड कपी वा डिजिटल कपी देखाउन हुन साथै टिकटमा उल्लेख भएको रिपोर्टिङ समयमा अनिवार्यरुपमा विमानस्थल प्रवेश गरिसक्न त्रि.अ.वि.न.का. अनुरोध गर्दछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७