सिन्धुलीमा ६९ किलो गाँजासहित तीन पक्राउ


३ फाल्गुन २०७८, मंगलवार
ganja 1

सिन्धुली । सिन्धुली प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बाहिर निकासीका लागि लैजाँदै गर्दा सोमबार राति ६९ किलो गाँजासहित कमलामाइ नगरपालिका-४ को खहरेबाट तीन जनालाई पक्राउ गरिएको डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

उनका अनुसार मरिण गाउँपालिका-७ देबसराका बहादुर गोलेलाई ३२ दशमलब २३२ किलो, कमलामाई नगरपालिका-१ खहरेखोलाका कालु ब्लोनलाई २० दशमलब ३४ किलो र कृष्णबहादुर ब्लोनलाई १६ दशमलब २७ किलो गाँजासहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १३ प्याकेट गाँजा बरामद गरिएको डिएसपी लामाले बताए । तीनै जनालाई लागूऔषध ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७