थप ६८० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु


३ फाल्गुन २०७८, मंगलवार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो ।

४,२५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र २,८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ । आज १,८३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार पुगेको ४०० छ । आज दुई जनाको मृत्यु भएसँगै मृत्तकको संख्या ११ हजार ९०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७