दुबईमा नेपाली नर्स जेनिसा गुरुङको कार दुर्घटनामा मृत्यु


३ फाल्गुन २०७८, मंगलवार
nurse 20220215111339

काठमाडौं । यूनाईटेड अरब इमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा ज्यान गएको छ । पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्यु भएको हो ।

बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गुरुङको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ । दुर्घटनामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७