कांग्रेसको सबै भ्रातृ संगठनको कार्यसमिति भङ्ग


३ फाल्गुन २०७८, मंगलवार
congress meet

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका विभिन्न भ्रातृ संगठनको वर्तमान कार्यसमिति भङ्ग गरेको छ । मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मुस्लिम संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।

मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निणर्य गरेको हो । योसँग म्याद सकिएका भ्रातृ संस्था विघटन भएको ती पदाधिकारीको भनाइ छ । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।

भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको ती पदाधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७