सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समिति बैठक


३ फाल्गुन २०७८, मंगलवार
agniprasad sapkota 1536x864 1

काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो । एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा यसअघि पटक-पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७