संसदको कार्यसूचीमा परेन एमसीसी


३ फाल्गुन २०७८, मंगलवार

काठमाडौं । भोलि (बुधबार) बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समावेश गरिएको छैन । थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव बैठकको कार्यसूचीमा छ ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ । आज मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी अनुमोदन गर्नेबारे छलफल गरेको थियो । यसैबीच, बुधबार साँढे ११ बजेका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

‘फागुन ४ गते ११ः३० बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान भएको छ’, सभामुखको निजी सचिवालयले भनेको छ, ‘बैठक नयाँ बानेश्वरस्थित संसद शंकर हल, संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ ।’

273754069 474137584152719 3487631324317893293 n.jpg .2022 02 15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७