राष्ट्रसंघमा जागिर लगाइ दिने प्रलोभन देखाई १९ लाख ठगी, एक जना पक्राउ


३ फाल्गुन २०७८, मंगलवार
pakrau
फाइल फोटो

काठमाडौं । आफूलाई संयुक्त राष्ट्रसंघको इन्जिनियर बताउने डोटी साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रसंघमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दिनेशले विभिन्न मितिमा कास्की पोखराका विभिन्न व्यक्तिलाई ठगीग गरी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा रुपन्देही बुटवल उपमहानगरपालिका-९ मिलनचोकमा फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७