संसदको कार्यसूचीमा एमसीसी नपरेपछि कांग्रेसले भन्यो-थपिनु पर्छ, टेबुल हुन्छ


३ फाल्गुन २०७८, मंगलवार
Prakash Saran Mahat

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न आग्रह गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निणर्य सार्वजनिक गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी अनुमोदनको बाटोमा लैजान आग्रह गरेको बताए ।

उनले भने, ‘नियोजित प्रचारबाजी भइरहेको छ । एमसीसी देशको हितमा छ । अब प्रक्रिया अघि बढाउनुपर्छ । सभामुख ज्यूले पनि संसदमा टेबल गर्ने प्रतिबद्धता जनउनु भएको छ ।’ उनले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताए । एमसीसी संसदको कार्यसूचीमा रहनुपर्ने र नभए थपिनुपर्ने उनको भनाइ छ । एमसीसीमा कहिलै बेमेल नभएको भन्दै पास गर्नुपर्नेमा उनले जोड दिए ।

संसद सचिवालयले सार्वजनिक गरेको भोलिको बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी राखिएको छैन । सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकमा एमसीसीलाई एजेण्डाका रुपमा लैजाने निणर्य हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७