एमसीसीको विरोधमा उत्रिएका ६४ जना बन्दकर्ता पक्राउ


४ फाल्गुन २०७८, बुधबार
thumb 8

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा देशका विभिन्न ठाउँमा भएको प्रदर्शनमा उत्रिएका ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाबाट ५२, बुटवलबाट ९, दाङमा दुई र पोखरामा एक जना बन्दकर्ता पक्राउ परेका प्रहरीले जनाएको हो ।

सडकमा बन्द गराउँदै हिंडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै पूर्व- पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका गाडीलाई प्रहरीले स्कर्टिङ्ग गरेर गन्तब्यमा पुर्‍याएको छ । पूर्वबाट पश्चिम जान भालुबाङ पुगेका बस, ट्रक लगायतका गाडीलाई स्कर्टिङ्ग गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बन्दका कारण पोखरामा नगर बस चलेका छैनन् । तर, काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ ।

सडक र चोकचोकमा बाँकलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७