गठबन्धन वैठकअघि कांग्रेस नेताको एमाले अध्यक्ष ओलीसँग संवाद


२०७८ फाल्गुण ५ बिहीबार ०७:४६ बजे

काठमाडौं । सत्ता गठबन्धनको वैठक बस्नुअघि सरकारको नेतृत्व गरिरहेको कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद अघि बढाएको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

विहीबार बिहान ९ बजे रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् । एमसीसीका विषयमा सत्ता गठबन्धनमा गम्भिर विमति भइरहेको बेला रिजाल ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

उनले भने, ‘एमसीसीको विषयमा कुराकानी भएको हो । तर उहाँहरुकै बीचमा कुरा छिनिएको छैन । त्यसैले उहाँहरुको कुरा छिनिएरपछि बल्ल एमालेले धारणा बनाउछ भन्नेर अध्यक्ष ज्यूले भन्नु भएको छ ।’ माओवादीले यथास्थितिमा जबरजस्ती एसमीसी टेबल गरिए सरकार छोड्ने चेतवानी दिएपछि कांग्रेसले एमालेसँग संवाद अघि बढाएको हो । आज पाँच बजे सत्तारुढ पाँच दलको बैठक बस्नुअघि रिजालले ओलीलाई भेटेका हुन् ।

कांग्रेस नेता रिजालसँगै महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर संवादमा रहेको बुझिएको छ । कांग्रेस जसरी पनि एमसीसी पास गर्ने पक्षमा रहेको र अन्य सत्ता साझेदार दल जसरी पनि एमसीसी रोक्ने रणनीतिमा देखिएपछि गठबन्धन नै धरापमा पर्ने अवस्था आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७