गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान


२०७८ फाल्गुण ६ शुक्रबार ०७:३८ बजे

काठमाडौं : रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान काठमाडौं हुदैं बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ ।

यो विमानले शुक्रबार १० बजेदेखि देखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ। १० दिनसम्म प्राविधिक परीक्षण उडान गरेपछि नेपाल वायु सेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । त्यसपछि व्यवसायिक उडानको तयारी सुरु हुने छ ।

परीक्षण उडानका क्रममा दिउँसो केहीबेर आन्तरिकतर्फका नियमित उडान प्रभावित हुनेछन्। भैरहवाबाट बिहान ७ वटा र साँझ १२ वटा नियमित उडान हुने गरेका छन्। दिउँसो ३ घण्टाजति नियमित उडान प्रभावित हुने बताइएको छ ।

नेपालमा ७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो। यसअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल थियो।

भैरहवा विमानस्थललाई नै अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा परिणत गर्ने कामको सुरुआत सन् २०१४ को जनवरीदेखि भएको थियो ।

सन् २०१७ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि भूकम्प, ठेकेदारको ढिलासुस्ती, कोरोना महामारी लगायतका कारण ढिला सम्पन्न भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७