केहिबेर बसेर सकियो सत्ता गठबन्धनको वैठक, के भयो कुराकानी ?


२०७८ फाल्गुण ६ शुक्रबार ०७:२० बजे

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आज (शुक्रबार) को बैठक केहिबेर बसेर सकिएको छ । बैठकस्थल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नेताहरू बाहिरिएका छन् ।

गठबन्धनको अर्को बैठक यही फागुन ८ गते बस्ने सहमति भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ । बैठकका थप निणर्यबारे जानकारी गराइएको छैन ।

अमेरिकी सहयोग परियोजना (एमसीसी), संसद् अवरोधलगायत विषयमा निकास निकाल्न भन्दै बैठक बसेको थियो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी टेबल गर्ने अडान राखेपछि कुरा नमिलेको जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले ७ गते स्थायी समिती बैठक भएकाले अहिले कुनै निणर्य नगर्न आग्रह गरेको उनले बताए । बैठकपछि खनालले भने, ‘संसदमा जबरजस्ती लगे प्रतिकार गरिन्छ, संसद् सुचारु छैन । कहाँ टेबल गर्ने ?’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७