कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु, आज पनि एमाले अनुपस्थित


२०७८ फाल्गुण ६ शुक्रबार ०७:४५ बजे

काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । संसद बैठक शुरु हुनुअघि कार्य व्यवस्था परामर्श बैठक संसद भवनको शंकर हलमा बैठक शुरु भएको हो ।

समितिको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेकाले बैठक बहिष्कार गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमसीसी र संसदमा पेश गर्ने एजेण्डाका विषयमा बैठक केन्द्रित छ । शुक्रबार बसेको गठबन्धनको बैठकपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई सार्वभौम संसद्मा छलफल गराएर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको जानकारी दिएका थिए । उनले कार्यसूचीमा एमसीसी हुने नहुने समितिकै बैठकमा छलफल हुने बताए। दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७