सान्जेनको आइपिओ निष्कासन खुला, थाहा छ कहिलेसम्म छ म्याद ?


६ चैत्र २०७४, मंगलवार
IPO

काठमाडौं, ६ चैत : सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले ८७ लाख ६० हजार कित्ता साधारण शेयर संस्थापक संगठित संस्था (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, तथा रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) का कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरूका लागि चैत ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको छ ।IPO 768x366

सो शेयरमा चैत १३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिनका लागि सी–आस्बा अनिवार्य भएको कम्पनीले बताएको छ । कम्पनीले आवेदनका लागि आवेदकको डिम्याट खाता नं. र सी–आस्बा रजिस्ट्रेसन नम्बर अनिवार्य गरिएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सोमध्ये १२ लाख ७७ हजार पाँच सय कित्ता संस्थापक संगठित संस्थाका कर्मचारीहरूका लागि रहेको छ भने तीन लाख ६५ हजार कित्ता ऋणदाता संस्थाका कर्मचारीहरूका लागि छुट्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७