ज्ञानेन्द्र शाही राप्रपा प्रवेश, राजेन्द्र लिङ्देनले गरे स्वागत


२०७८ फाल्गुण ६ शुक्रबार ०७:५१ बजे

काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ताको भन्दै विभिन्न गतिविधि गर्दै आएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् । सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको छ ।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उनलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७