कमल थापाको पार्टी भोलि घोषणा हुँदै, भने, ‘पाँच वर्षको अलमलपछि पुरानै घर फर्कियौं’


२०७८ फाल्गुण ६ शुक्रबार ०७:५८ बजे

काठमाडौं । कमल थापाले भोलि (शनिबार) आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्ने भएका छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उनले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका हुन् ।

अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँँच वर्षको अलमलपछि आफ्नो घर (राप्रपा नेपाल) फर्किएको बताए ।

राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भने, ‘विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौं । यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु । विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७