ओरालो लाग्दै कोरोना संक्रमण : ४३७ संक्रमित थपिए, दुईको मृत्यु


२०७८ फाल्गुण ६ शुक्रबार ०७:३९ बजे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पछिल्लो २४ घण्टाको कोभिड-१९ विवरण सार्वजनिक गर्ने क्रममा सोको जानकारी गराएको हो । सोही अवधिमा कोरोनाबाट दुई जनाको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ९१ नमूना परीक्षणमा ४३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै शुक्रबार थप २,४५४ जना कोरोनामुक्त भएका छन् । निको हुने दर ९७.३ प्रतिशत हो । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ४८ हजार ७८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ८६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७