बेडसिनका लागि कोही निर्माता–निर्देशकले नसम्झिए हुन्छ : नायिका आँचल शर्मा


६ चैत्र २०७४, मंगलवार
aanchal

काठमाडौं, ६ चैत : चलचित्र दुनियाँमा किस र बेडसिनलाई सामान्य मान्ने नायिकाहरु धेरै छन् । तर, यहि नायिकाहरुको भिडमा आँचल शर्माले भने बेड सिन र किस सिन लिनका लागि आफूलाई कोही निर्माता–निर्देशकले नसम्झिए हुने बताएकी छन् ।aanchal

चलचित्र शत्रुगतेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले यसो बताएकी हुन् । चलचित्रको लागी भनेर मदिरा सेवन गर्नु पर्ने, किस गर्नु पर्ने, बेड सिन दिनु पर्ने लगायतका सिन नगर्ने उनले बताइन् । उनी भन्छिन्, ‘मैले आजसम्म कुनै फिल्ममा न चुम्बन न त बेडसिन नै दिएकी छु र, भोलीका दिनमा पनि दिन्नँ ।’.पत्रकारले शत्रुगते चलचित्रमा मदिरा सेवन गर्नु भएको हो ? भन्ने प्रश्नमा आँचलले मदिरा आफूले कहिले नपिएको र चलचित्रमा पानी मात्र खाएको बताएकी छिन् ।

मह सञ्चारको प्रस्तुति रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । कलाकार किरण केसीको निर्माण रहेको चलचित्रमा आँचलसँगै हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपाश्री निरौला, दिपकराज गिरी, पल शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र यही चैत्र ९ गतेबाट प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७