इथियोपियाको शरणार्थी शिविरमा आक्रमण : पाँच जनाको हत्या, महिलाहरुको अपहरण


२०७८ फाल्गुण ६ शुक्रबार १२:०१ बजे

काठमाडौं । उत्तरी इथियोपियाको अफर क्षेत्रमा शुक्रबार एक सशस्त्र समूहले गरेको आक्रमणमा परी कम्तीमा पाँच जना शरणार्थीको मृत्यु भएको छ । झडपका क्रममा एक सशस्त्र समूहले छिमेकी इरिट्रियाबाट आई शरणार्थीका रूपमा शिविरमा बसेकाहरूविरुद्ध आक्रमण गरेको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ ।

राष्ट्रसंघका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको छ भने हजारौं शरणार्थी शिविरबाट विस्थापन भएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार सशस्त्र पुरुषहरूको एक समूहले फेब्रुअरी ३ मा टिग्रेसँगको सीमा नजिकैको बहरेल शिविरमा आक्रमण गरेपछि ‘कम्तीमा पनि पाँच शरणार्थी’ को मृत्यु भएको छ । त्यस्तै आक्रमणकारी समूहले केही महिला अपहरण गरेको बताइएको छ । रासस/एएफपी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७