एमसिसीविरुद्ध सडकमा आन्दोलन चर्किंदै


२०७८ फाल्गुण ७ शनिबार ११:४८ बजे

काठमाडौं । दलहरूबीच मतभेद गहिरिँदै गर्दा एमसिसीविरुद्ध देशभर आन्दोलन चर्किन थालेको छ । शुक्रबार पनि काठमाडौंका माइतीघर र बानेश्वर क्षेत्रमा विभिन्न पार्टी र समूहले नाराबाजी गर्दै विरोध गरे ।

काठमाडौंबाहिर पनि आन्दोलन बढ्दै छ । सत्तारुढ माओवादी र एकीकृत समाजवादीकै भ्रातृ संगठन पनि आन्दोलनमा छन् । अन्य केही साना वामघटकका कार्यकर्ता, हन्ड्रेड ग्रुप जस्ता समूह एमसिसीविरुद्ध सडकमा उत्रिएको प्रहरीले जनाएको छ ।

बिहीबार संसद् बैठक चलिरहँदा एमसिसी टेबुल नगर्न खबरदारी गर्दै बानेश्वर क्षेत्रमा आन्दोलन चर्किएको थियो । प्रहरी र आन्दोलनकारीबीच झडप नै भएको थियो । यद्यपि, अहिलेसम्म आन्दोलन शान्तिपूर्ण नै भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान कलंकी ढुंगेअड्डामा शंकास्पद वस्तुसमेत भेटिएको थियो । त्यसलाई सुरक्षाकर्मीले डिस्पोज गरेका थिए । सुरक्षा चुनौती बढ्न थालेपछि काठमाडौंमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

एमसिसीविरुद्धको आन्दोलनलाई लक्षित गरी सडकमा सुरक्षाकर्मीको संख्या बढाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । त्यस्तै, अमेरिकी दूतावासलगायत क्षेत्रमा समेत सुरक्षा निगरानी बढाइएको प्रहरी स्रोतले बतायो । नयाँ पत्रिका दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७