हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सर्‍यो


२०७८ फाल्गुण ७ शनिबार ०७:४९ बजे

काठमाडौं । हङकङमा नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव सरेको छ । हङकङको कार्यकारी परिषद्ले मार्च २७ तारिख अर्थात आउँदो चैत १३ गतेका लागि तय भएको चुनाव मे ८ तारिखमा सार्ने प्रस्ताव पारित गरेको छ ।

नयाँ प्रमुख कार्यकारीले जुलाइ महिनामा कार्यभार सम्हाल्ने छन् । वर्तमान कार्यकारी प्रमुख क्यारी लाम दोहोरिन सक्ने वा नयाँ अनुहार आउन सक्ने दुवै सम्भावना देखिएको छ । सन् २०१७ मा सम्पन्न चुनावमा लाम निर्वाचन समितिका बाह्र सय जनामध्ये ७७७ जनाको मत प्राप्त गरी निर्वाचित भएकी थिइन् ।

परिवर्तित व्यवस्था अनुसार यसपालि १५ सय सदस्यले नयाँ नेतृत्व चयन गर्नेछन् । चुनाव सार्न परिषद्ले विद्यमान आपतकालीन कानुनलाई आधार देखाएको छ । चीनले एक वर्षअघि हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन पनि लागू गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७