तालिवानद्धारा आम माफी दिएकाहरुलाई पक्राउ


२०७८ फाल्गुण ७ शनिबार ०७:५६ बजे

काबुल । अफगानिस्तानका पूर्व सुरक्षाकर्मीहरुले तालिवान सरकारद्धारा घोषणा गरिएको आम माफी कार्यान्वयन गर्न माग गरेका छन् । पूर्ववर्ती सरकारमा काम गरेका सुरक्षाकर्मीहरुमाथि पक्राउ तथा उनीहरुलाई बेपत्ता पार्ने कार्य भइरहेको भन्दै उनीहरुले तालिवानको ध्यानाकर्षण गरेका हुन् ।

पूर्व सुरक्षा अधिकृत जाबाद जफारीलाई तालिवान सरकारले बिना कारण पक्राउ गरेर ६ दिन हिरासतमा राखेको थियो । उनले कुनै पनि अपराध गरेको पुष्टि नभएपछि उनी रिहा भएका थिए । परिवारका ६ सदस्यलाई पालनपोषण गर्नुपर्ने दायित्व बोकेका जफारीले तालिवानको शीर्ष नेतृत्वले घोषणा गरे अनुसार आममाफी कार्यान्वयन नगर्नु इस्लाम धर्म विपरीत हुने भन्दै ध्यानाकर्षण गराएको अफगानको संचारमाध्यम टोलो न्यूजले जनाएको छ ।

उनले भने, ‘मेरा बारेमा इस्लामिक इमिरेट्स सरकारलाई केही गलत सूचना रहेछ, त्यो स्पष्ट भयो । मलाई त्यसपछि रिहा गरियो । तर, आम माफी घोषणा भइसकेपछि यस्तो धरपकड गर्नु राम्रो होइन ।’

टोलो न्यूजका अनुसार गत बर्ष अगस्टमा तालिवानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि उनीह्रुले पक्राउ गर्ने मानिसहरुको संख्या बढिरहेको छ । तालिवान सरकारले सय जना भन्दा बढी मानिसलाई पक्राउ गरेर बेपत्ता पारेको छ । पक्राउ परेका काबुल विश्वविद्यालयका प्राध्यापक, बुद्धिजीविदेखि महिला अधिकारकर्मीहरु अझै बेपत्ता छन् ।

अफगानिस्तानी सेनाका पूर्व अफिसर मोहम्मद खालिलले पनि आम माफीको प्राबधान कार्यान्वयन गर्नुपर्ने बताए । तालिवानका शीर्ष नेता हिबातुल्लाह अहकुन्दाजाले पूर्ववर्ती सरकारमा काम गरेका सबैलाई आम माफी दिइएको घोषणा गरेका थिए । उनको घोषणालाई कानून सरह मान्यता दिइएको थियो । तालिवानका प्रवक्ता जाविउल्लाह मुजाहिदले भने मानिसहरु पक्राउ र बेपत्ताका बिषयमा खण्डन गरे । ‘हामी प्रतिबद्धताहरु कार्यान्व्यन गर्न तयार छौं, पक्राउ र बेपत्ता भनिएका घटनाहरुको छानविन गर्छौ’ उनले भनेका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७