‘ए’ डिभिजन लिग : रेलिगेसनबाट बच्न पुछारका टोलीहरुको रोचक प्रतिष्पर्धा


२०७८ फाल्गुण ७ शनिबार ११:१० बजे

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत अब दुई चरणका खेल मात्र बाँकी छन् । साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेसनबाट बच्न पुछारका टोलीको रोचक प्रतिस्पर्धा हुनेछ ।

यस्तै मनाङ मर्स्याङदी क्लब र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२ औं चरणको खेल रोमाञ्चक बन्ने देखिएको छ । आज (शनिबार) दशरथ रङ्गशालामा तालिकाको पुछारमा रहेको च्यासल युथ क्बलले रेलिगेशन क्षेत्र भन्दा एक स्थान माथि रहेको टोली फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । फ्रेन्ड्स र च्यासलबीचको खेल दिउँसो १ बजे हुनेछ ।

दुवै टोलीलाई जितको खाँचो छ । फ्रेन्ड्स रेलिगेसन निश्चित गर्न खराब नतिजा भोगिरहेको च्यासल युथविरुद्ध स्पष्ट अंकका लागि खेल्नेछ भने च्यासल पनि रेलिगेसन बच्ने योजनाका साथ फ्रेन्ड्सविरुद्ध मैदान उत्रिने तयारीमा छ । च्यासललाई फ्रेन्ड्ससँगको हारले रेलिगेशन पक्का जस्तै हुने भएकाले गर या मरको अवस्थामा तीन अंकका लागि खेल्नेछ । रेलिगेसन क्षेत्र भन्दा माथि भए पनि अंक अन्तर छिनो हुँदा फ्रेन्ड्सलाई खतराको घण्टी बराबरी वा पराजयमा हुनेछ ।

१२ औं चरणको खेल अन्तर्गत आजै हुने अर्को खेल च्याम्पियन भइसकेको मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मछिन्द्र र थ्री स्टारबीचको खेल दिउँसो पौने ५ बजे हुनेछ । थ्री स्टारलाई हराएर मछिन्द्र अपराजित यात्रा कायम राख्न चाहन्छ । थ्री स्टार पनि मछिन्द्रलाई हराएर शीर्ष दुईमा उक्लने कोशिसमा छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७