भारतीय राजदूत कूटनीतिक मर्यादा विपरित ‘छापामार शैली’मा सिंहदरबार चहार्दै


६ चैत्र २०७४, मंगलवार
Indian ambassador to Nepal Manjeev Singh Puri 1

काठमाडौं, ६ चैत :  भारतीय राजदूत मनजीवसिंह पुरीले कुटनीतिक मर्यादा विपरित सिंहदरबारको मन्त्रालय चहार्न थालेका छन् । कार्यकर्ता र सर्वसाधरण जसरी पुरीले मन्त्रीहरुको कार्यकक्ष पुग्दै बधाई दिएका हुन् ।

Indian ambassador to Nepal Manjeev Singh Puri 1

राजदुत पुरीले सोमबार चारजना मन्त्रीलाई सिंहदरबार पुगेर बधाई दिएका हुन् । उनले मंगलबार पनि बाँकी मन्त्रीहरुलाई त्यसैगरी बधाई दिने कार्यक्रम रहेको स्रोतले बतायो । तर, यो कुटनीतिक मर्यादा विपरित हो । कूटनीतिक आचार संहिता २०६८ मा, मन्त्रीसहितका उच्चसरकारी अधिकारीले कुनै पनि विदेशी सरकारका प्रतिनिधिहरूसँग भेट गर्नु अघि परराष्ट्र मन्त्रालय अुनमति लिएर विषयसँग सम्बन्धित मन्त्रालयका अधिकारीलाई आमन्त्रण गर्नुपर्ने व्यवस्था छ । तर, राजदूत पुरी कुनै अनुमती नै नलिई छापामार शैलीमा सिंहदरबार पुगेका हुन् ।

राजदूत पुरी आकस्मिक रुपमा मन्त्रालय पुगेको मन्त्रीहरुले नै बताएका छन् । ‘राजदूत आउने हामीलाई पत्तो नै थिएन, आकस्मिक रुपमा आउने भनिएपछि नआउनुहोस् कसरी भनौं ?’ एक मन्त्रीले भने,‘आउछु भनेपछि हामीले स्वागत गरेको मात्रै हो ।’

फोटो फिचर :-

badal puri
गृहमन्त्रीसँग भारतीय राजदूत

 

Pradeep
परराष्ट्रमन्त्रीसँग भारतीय राजदूत
Rabindra adhikari 1
पर्यटन मन्त्रीसँग भारतीय राजदूत

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७