चितवनमा फरार रहेका २६० जना पक्राउ


२०७८ फाल्गुण ७ शनिबार १०:४५ बजे

चितवन । अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागुऔषध, सरकारी छाप, दस्तखत कीर्ते, सवारी ज्यान, नकवजनी, लुटपाट, जबरजस्ती करणीका रहेका छन् । यस्तै कर्तव्य ज्यान, चोरी, ठगी, बैंकिङ कसुर र लागुऔषध मुद्दामा उनीहरुलाई पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका क्रममा कार्यालयले पक्राउ परेका उनीहरुबाट ८७ वर्ष आठ महिना, २३ दिन कैद सजाय र रु एक करोड ३४ लाख १६ हजार १७९ जरिवानासमेत असुली गरेको छ । अधिकारीका अनुसार अदालतबाट फैसला कार्यान्वयनका लागि आएका पत्रका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७