कुशल भुर्तेलको शतकमा फिलिपिन्समाथि नेपालको शानदार जित


२०७८ फाल्गुण ७ शनिबार ०७:१७ बजे

काठमाडौं । कुशल भुर्तेलको शतकमा नेपालले ट्वान्टी-२० विश्वकप छनोटमा लगातार दोस्रो विजय हात पारेको छ । शनिबार कमजोर फिलिपिन्सलाई १३६ रनले पराजित गरी नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले कुशल भुर्तेलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई २१८ रन बनायो । जबाफमा आएको फिलिपिन्सले ८ विकेट गुमाई ८२ रन मात्र बनाउन सक्यो । आज अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले हराउँदै दोस्रो जितको निकालेको हो । ट्स हारेर पहिलो ब्यटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ३ विकेट गुमाउँदै २१८ रन जोडेको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अविजित रहँदै १०४ रन जोडे । कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए । कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ८३ बनाए । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । कुशल र दिपेन्द्रले १७१ रनको साझेदारी गरेका हुन् ।

कुशल मल्लले १२ रनमा आउट भए भने आशिफ शेख शून्य रनमै आउट भएका थिए । त्यस्तै पछिल्लो क्रिज टेकेका लोकेश बम अविजित रहँदै ६ रन जोडे । नेपालको तर्फबाट कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए । फिलिपिन्सका लागि मिग्गी पोडोस्की, गुर्धुपिन्दर चोहान र ड्यानियल स्मीथले एक-एक विकेट लिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७