रेखाले लेखिन् ऐश्वर्यालाई भावुक चिठी


६ चैत्र २०७४, मंगलवार
Rekha and Aishwarya Rai

काठमाडौँ, ६ चैत्र । बलिउड चर्चित अभिनेत्री रेखाले ऐश्वर्या राय बच्चनलाई भावुक चिठी लेखेकी छिन् । रेखाले ऐश्वर्यालाई ऐश्वर्यालाई असाध्यै प्रेम गर्छिन । उनले ऐश्वर्यालाई मात्र होइन् अहिलेका अभिनेत्रीलाई सबैलाई निकै प्रेम गर्छिन् । Rekha and Aishwarya Rai
रेखाले ऐश्वर्याको अभिनय क्षेत्रमा दुई दशक पूरा गरेको उपलक्ष्यमा एक भावुक पत्र लेखेर शुभकामना दिएकी छिन् । उनले पत्रमा सानदार यात्राका लागि ‘आमा रेखा’ लेख्दै शुभकामना दिएका छन् ।
‘तिमीजस्ती महिला एउटा यस्तो नदी हौ, जो कुनै कृत्रिमताविना मात्र अगाडि बढिरहन चाहन्छे । ऊ आफ्नो गन्तव्यमा यो उद्देश्यका साथ अगाडि बढ्छे कि जसले आफ्नो अस्तित्व समाप्त हुन दिँदैन ।’ उनल लेखेकी छिन्,‘तिमीले जे गरेकी छ्यौ, त्यसले मान्छेलाई मान्छे हुन सिकाउँछ । जसलाई मान्छेले कहिल्यै भुल्ने छैनन् ।’
रेखा अन्तिममा लेखेकी छिन्, ‘जित्ने अहोभाग्य पनि तिमीलाई मिल्यो । तिमीले जितलाई न्यायसंगत तरिकाले निभायौ पनि । आराध्याकी आमा ! तिमीलाई यो पत्र लेख्दै गर्दा मलाई असाध्यै खुसी मिलेको छ । धेरै धेरै माया । अगाडि बढिरहनू ।’
रेखाले अन्तिममा ‘रेखा आमा’ भनेर पत्रलाई टुंग्याएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७