चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो


२०७८ फाल्गुण ८ आइतबार ०७:०६ बजे

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको छ । अन्तिम समयमा मोरोक्कोका मिडफिल्डर हाकिम जियाचको गोलमा लन्डन क्लब चेल्सी प्यालेसलाई उसकै मैदान हराउन सफल भएको हो ।

सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको प्रतिस्पर्धामा दोस्रो हाफमा जियाचले गरेको गोल नै नतिजाको निर्णायक बनेको हो। उनले ८९औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २५ खेलबाट ५० अंक जोडेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १३ तथा दोस्रो स्थानको लिभरपुलभन्दा ६ अंकले पछि छ । पराजित क्रिस्टल प्यालेस २६ अंकका साथ १३औं स्थानमा छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७