यादव नखुलेपछि उनी पक्षका नेता अलमलमा


२०७८ फाल्गुण ८ आइतबार ०७:०४ बजे

काठमाडौं । एमसीसीको पक्ष-विपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन् । उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने खुलेर एमसीसीको पक्षमा उभिएका छन् ।

एमसीसी सदनबाट पास हुनैपर्ने उनको भनाइ छ । एमसीसीसम्बन्धी भट्टराईको धारणा पार्टीको नभई व्यक्तिगत भएको अध्यक्ष यादवनिकट नेताहरू बताउँछन् । एमसीसीमा यादव नखुलेपछि पार्टीमा उनी पक्षका नेता अलमलमा छन् ।

एमसीसीमा यादवको धारणा के हो भन्ने उनी निकट नेतालाई पनि थाहा छैन । सत्ता गठबन्धनको शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष यादव सहभागी थिए । बैठकमा उनले मध्यममार्गी बाटो एमसीसी सदनमा पेस गर्न दिनुपर्ने धारणा राखेको तर पास गर्ने या नगर्नेबारे केही नबोलेको स्रोतले बतायो । अध्यक्ष यादव निकट एक नेताले भने, एमसीसीमा नखुले पनि उहाँको भित्री मनशाय यथास्थितिमा यो पास गर्नु हुँदैन भन्ने बुझ्न सकिन्छ । तर बोल्नु भएको छैन ।’

जसपा सांसद इस्तियाक राई एमसिसी जस्तो महत्वपूणर् र चर्चित विषयमा पार्टीले निणर्य गरी एउटा धारणा बनाउनुपर्ने बताउँछन् । जसपा कार्यकारिणी समिति सदस्य तथा मिर्गेन्द्रसिंह यादवले भने, ’उहाँ (अध्यक्ष) ले एमसीसीको विषयमा प्रस्ट बोल्नु भएको छैन । पक्षमा हुनुहुन्छ या विपक्षमा हुनुहुन्छ, थाहा हुन सकेको छैन ।’ जसपा कार्यकारिणी समितिका अर्का सदस्य मनीष सुमनले एमसीसीबारे पार्टीले संस्थागत निणर्य गर्न नसक्दा आफूहरू अलमलमा परेको बताए । नागरिक दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७