एमसीसी स्वीकार्दैमा अमेरिकी सेना आउँदैन : शेखर कोइराला


२०७८ फाल्गुण ८ आइतबार १०:४७ बजे

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमसीसी विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका-९ द्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्ने विषय जनतालाई बुझाउनु पर्नेमा जोड दिए ।

कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसिसी आउँदैमा मुलुकमा विदेशी सेना आउने यसको कुनै पनि बुँदामा उल्लेख नभएको प्रष्ट पारे ।

उनले एमसीसी परियोजनाले मुलुकको विद्युत ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताए । उनले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्ट पारे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७