तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक


८ फाल्गुन २०७८, आईतवार
itta

दाङ । दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिका भित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलन अनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो ।

उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीले जानकारी दिइन् । ‘हामीले उपमहानगरपालिका भित्रका इँटा उद्योगमा अनुगमन गर्यौं, सुक्ष्मरूपमा त्यहाँको अवस्था पनि हेर्यौं, त्यहाँ धेरै बालबालिका श्रमिक रहेको पाइएको हो’, उनले भनिन् ।

अहिले इँटा उद्योगमा बालश्रमिक राखेको तथ्याङ्क सार्वजनिक गरेर उनीहरुलाई उद्धार गर्न सङ्घसंस्थाले चासो देखाएका छन् । उपमहानगरपालिकाले उद्योगमा बालश्रमिक राख्न नपाउने नीति-निर्माण भइसकेको र कार्यान्वयनको चरणमा रहेको सामाजिक विकास समिति संयोजक कुमार लामिछानेले जानकारी दिइन् । अहिले इँटा उद्योगमा काम गर्ने बालबालिकाहरू नभई आश्रित परिवारका रहेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७