मानिसहरु नुहाइरहेको नजिकै समुद्रमा खस्यो हेलिकप्टर (भिडियो)


२०७८ फाल्गुण ८ आइतबार १०:३६ बजे

काठमाडौं । एटलान्टिक महासागरको मियामी समुद्री किनारमा मानिसहरुले नुहाइरहेको ठाउँ नजिकै एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
स्थानीय प्रहरीले सार्वजनिक गरेको भिडियोमा मानिसहरुभन्दा केही मिटर पर मात्रै हेलिकप्टर खसेको देखिन्छ । यो दुर्घटनामा तीन जना घाइते भएको समाचार एजेन्सीले जनाएका छन् ।

मियामी बीच प्रहरीले गरेको ट्वीट अनुसार दुर्घटना शनिबार दिउँसो करिब १ः१० मा भएको थियो । भिडियोमा एक ४४ हेलिकप्टर अनियन्त्रित हुँदै पानीमा खसेको देखिन्छ ।

मियामी बीचको दमकल विभागका प्रवक्ताले एनबीसी न्यूजलाई बताएअनुसार हेलिकप्टरमा चालकसहित तीन जना सवार थिए । उनीहरु तीनैजना घाइते भएका छन् र उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

https://twitter.com/MiamiBeachPD/status/1495118271498145796?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1495118271498145796%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2022%2F02%2F1081825

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७