आज संसदमा एमसीसी टेबल हुँदै, बानेश्वर-माइतीघर क्षेत्रको सुरक्षा व्यवस्था कडा


२०७८ फाल्गुण ८ आइतबार १०:३२ बजे

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गर्ने सहमति जुटेको छ ।

संसदमा एमसीसी टेबल हुने भएपछि त्यसको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका सडकमा आज मात्रै दुई हजार बढी प्रहरी परिचालन गरिएको जनाइएको छ । नयाँ बानेश्वर, बबरमहल, माइतीघर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । नयाँ बानेश्वर क्षेत्रमा मात्रै एक हजारको संख्यामा प्रहरी खटाउने तयारी छ ।

आज एमसीसीको विरोधमा विभिन्न संघ-संगठनहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । गएको बुधबार र शुक्रबार पनि सत्तासाझेदार दलकै कतिपय नेता-कार्यकर्ता एमसीसीविरुद्ध सडकमा उत्रिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७