एमसीसी आजै संसदमा टेबल हुँदैछ, अब छलफल त्यहिं हुन्छ : प्रवक्ता कार्की


२०७८ फाल्गुण ८ आइतबार ११:३८ बजे

काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी आजै संसदमा टेबुल गर्ने बताएका छन् । गठबन्धन बैठकपछि बोल्दै प्रवक्ता कार्कीले यस्तो बताएका हुन् । ‘एमसिसी परियोजना आजै सार्वभौम संसदमा टेबुल हुन्छ । अब सडकमा होइन, संसदमा छलफल हुन्छ,’ उनले भने ।

उनले सरकारले अविछिन्न उत्तराधिकारी संस्थाकोरुपमा एमसीसी टेबल गर्न लागेको बताए । ‘एमसीसी केपी ओली नेतृत्वको सरकारले संसद्‍मा दर्ता गराएको हो । सरकारको अविछिन्न उत्तराधिकारीको हिसावले यसलाई टेबल गराउँछ, त्यसपछि के गर्ने भन्ने जवाफ एमालेले दिने हो, हामीले होइन । म तपाईंहरुको ध्यान संसद्तर्फ नै ध्यानाकर्षण गराउँछु,’ मन्त्री कार्कीले भने ।

कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सरकार रहेको समयमा एमसिसी संसदमा दर्ता भएकाले एमालेले संसदमा अवरोध कायम राख्नेबारे सोच्नुपर्ने बताए । उनले गठबन्धनमा सहमति जुटे-नजुटेकोबारे भने स्पष्ट पारेनन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७