कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु, एमालेको बहिष्कार


२०७८ फाल्गुण ८ आइतबार ०७:३७ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बसेको हो ।

बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्नेछ । आजको संसद् बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने सत्ता गठबन्धनका नेताहरुबीच सहमति जुटेको छ । कार्यव्यवस्थाको बैठकले एमसीसीलाई संसद्को कार्यसूचीमा राख्ने बताइएको छ ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले बहिष्कार गरेको छ । संसद् अवरोध पनि कायमै राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७