भारतको चम्बल नदीमा कार दुर्घटना, दुलहासहित नौं जनाको मृत्यु


२०७८ फाल्गुण ८ आइतबार ११:३७ बजे

राजस्थान । भारतको राजस्थानको कोटामा आज (आइतबार) कार दुर्घटना भएको छ दुलहासहित नौं जन्तीलाई लिएर चौथको बरवाडाबाट उज्जैनका भैरुनालाको हरिजन बस्ती जाँदै गरेको कार चम्बल नदीमा खसेको हो ।

एजेन्सीका अनुसार नयापुरा नजिकै ‘छोटी पुलिया’ मा भएको उक्त दुर्घटनामा सबैको मृत्यु भएको छ । सूचना पाउने बित्तिकै प्रहरी र निगमको गोताखोरको समूह घटनास्थलमा पुगेर उद्दार कार्य चलाइयो । नदीमा डुबेका सबैको शव बाहिर निकालिएको छ ।

निगम गोताखोर विष्णु श्रृंगीका अनुसार दुर्घटना बिहान साढे पाँच बजे भएको थियो । जन्तीको अर्को एउटा बस पनि थियो जुन बस ७० जना सवार लिएर अगाडि बढेको थियो । जब बसले कोटा पार गरिसकेको थियो तब त्यसमा सवार जन्तीलाई कार त निकै पर भएको भान भयो ।
त्यसपछि केही मानिसले कार चम्बलमा नै दुर्घटनाग्रस्त भएको जानकारी जन्तीलाई दिए । पैदल यात्रुले चम्बल नदीमा कार पल्टिएको देखेपछि निगमको गोताखोरको समूह घटनास्थल पुगेको थियो । क्रेनको मद्दतले कार बाहिर निकालिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७